बन्द : अब सोच्ने नयाँ तरिका ।

गाडी जगाती मात्र के पुगेको थियो, एउटा ट्राफिक प्रहरी आएर भक्तपुरको भित्री बाटो जान निर्देशन दिँदै- "यता बाट त बाटो बन्द छ । माओवादीको तीन घण्टाको बन्द छ रे !" एक चोटि त झनक्क रिस उठ्यो । कती मात्र बन्द गर्न सक्दा रहेछन यिनीहरु भन्ने लाग्यो । बाटोको जामले मेरो टाउको खाइ राखेको थियो । मसँगै बनेपा देखी राजनीति, देश, गाउ गाउमा हुँदै गरेको बिकास आदी इत्यदी कुराहरु केलाउदै २ घण्टाको समय काटाउने मेसो मिलाएको मेरो साथी पनि लामो जामले गर्दा अल्छि लगेर उँघ्न थाले पछी त झन पट्यार लग्न पो थाल्यो । अनी सोच्न थाले फेरी यही मेरो सतीले सरापेको देशको बारे । सोच्दा सोच्दै मेरो दिमागमा एउटा निकै अचम्म लग्ने बिचारले मलाई घोत्लिन वाध्य बनायो ।

हामीले हेर्दा बन्दले ठुलै नोक्सानी गरे पनि बन्द भनेको त निकै राम्रो कुरा पो रेहेछ जस्तो लग्न थाल्यो । नेपालमा लाखौं गाडीहरु गूड्छन, हजारौ कल कारखानाहरु सधैं सन्चालनमा हुन्छन तर एक दिनको बन्दले त्यो सबैको सन्चालन थप्प । ओहो कती नोक्सान हुने रहेछ नि हैन ? कतै यही त सोच्दै हुनुन्छ होला नि हैन? तर मेरो सोच्ने पाटो अली बेग्लई छ ।
तपाईंले केही दिन अगाडिको एउटा समाचार अवश्य पनि पढ्नुभएको छ होला- गोर्खा ब्रुअरीले पनि अब Earth Hour मनाउने रे भनेर । हत्तपत्त बुझ्न गाह्रो लग्ने Earth Hour वास्तवमा हो चै के त ? सन २००७ बाट अष्ट्रेलियाको सिड्नीबाट सुरुभएको यो एउटा अभियान हो जस अन्तर्गत घरहरु तथा व्यवसाईक संस्थाहरुले वार्षिक १ घण्टा सबै बत्ती तथा बिजुलीको प्रायोग हुने साधन बन्द गरेर शक्ती सन्चय गर्ने गरिन्छ । त्यसै गरी यदी कलकारखाना तथा गाडीहरु बन्द गरी एकदिन भएपनी इन्धन सन्चय गर्न पाए कती जाती हुन्थियो होला ।
तर नेपालको सन्दर्भमा यो धेरै अगाडि देखी व्यबहारमा आएको देखिन्छ । बिभिन्न राजनैतीक पार्टी को बन्द हड्तालहरुले यो बिषयलाई सम्बोधन गर्दै आएको छ । नेपालमा बन्द हड्तालहरुले गर्दा अन्जान रुप मै भए पनि निकै मात्रामा इन्धन तथा बिजुलीको सन्चय भएको कुरालाई नकार्न सकिन्न । यसतवरले इन्धन तथा बिजुलीको बाचावट गरी बन्द तथा हड्तालहरुले पृथ्वीलाई सास फेर्ने मौका दिदै आईरहेछ, ल सोच्नुस् त अब बन्द राम्रो कि नराम्रो ?

2 comments:

Sack said...

Nice article
visit
Online Earning
to learn and earn more money.

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment

If you have any comments, please do not hesitate

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting