परिलक्षित


हे समाज ! हेर म तिर
छुटेका सब हात आज म समेट्न खोज्दैछु ।
दुख लिन हिचकिचउने समाजलाई सु:ख बाँड्न खोज्दैछु ।
हिड्न लर्खरउने यो पाऊ, अघि लम्काउन खोज्दैछु ।
बोल्न नजान्ने यि जिब्रोमा गीत मधुर ल्याउदैछु ।
श्रब्यबिहिन यि कर्णहरुले तिम्रा दुख सुन्न खोज्दैछु ।
दृष्यबिहिन यि नयनले संसारलाई ज्योति दिन खोज्दैछु ।
तिम्रो हेय भित्र बाँचेर ए समाज, हेर ! आज म परिलक्षित हुदैछु ।

Pushkar Shah's Peace Expedition

Pushkar Shah, after completing his world tour on cycle, has now made the summit of the world Mt. Everest the second target. Pushkar Shah, who initially wanted to be politician in his student age, directed himself to the world cycle tour as he witnessed the fights for power among the politicians (rather than thinking of policies to make a beautiful Nepal) after the people’s movement in 2046. Pushkar Shah’s cycle tour was intended to spread the message of peace in the world. Pushkar Shah has travelled through different 150 countries of world in 11 years long journey spreading the message of peace and harmony. He has been promoting Nepal as the birthplace of Gautam Buddha all over the world. In this long tour he has been victim of many accidents, risky attacks for money.

यात्रा- शेर्पाको लागि

कपालबाट तप्प तप्प चुहिएको पानी निधार, नाक, गाला हुँदै चिउँडो नपुग्दै पुछेर फाल्दै हामी त्यो रातको झरीमा रुझ्दै हिड्दै थियौँ । एकदिन अगाडि फूटबल खेल्दा घाइते भएको खुट्टा खोच्याउँदै भएपनी छिटो हिंड्नुपर्ने बाध्यता श्रीजना गरेको थियो समयले । मेरो खुट्टालाई दखल हुन्छ भन्दै बडो स्नेह साथ मेरो भारी झोला बोकी सँगै हिंडेको उत्तम भाईसँग (बायोटेक इन्जीनियरिंग, पहिलो बर्ष, के. यु. ) गफिँदै कारीब ७:२० बजे त्रिपुरेश्वर देखी बबरमहल, धुलिखेलको गाडी समात्नको लागि त्यो चिसो झरीमा भिज्दै हिड्दै थियौँ । दिउँसोको गर्मीले आँतिएको हामीलाई, रातमा हाम्रा पातला कपडाले शरीरको न्यानो बाचाउन हम्य परीरहेको थियो । जसो तसो बबरमहल पुगी बस कुर्न थाल्यौँ तर बस नभेटिएपछी कोटेश्वरमा पक्का पनि भेटिएला भन्ने हिसाबले हामी भक्तपुरको गाडी चाढ्यौँ, आफ्ना निथ्रुक्क भिजेको शरीर लिएर ।


त्यो दिन हामी पुष्कर शाहको शान्ती आरोहन २०१०को लागि थोरै भए पानी सहयोग जुटाउने भन्ने मनसाय सहित हाम्रो युनिभर्सिटीमा “शेर्पा- सगरमाथाका वास्तविक नायकहरु” भन्ने वृत्तचित्र प्रदर्शन गर्ने हाम्रो कार्यक्रमका लागि आवश्यक डि. भि. डि. र ब्यानर लिन काठमाडौं हुईकेका थियौं ।

बन्द : अब सोच्ने नयाँ तरिका ।

गाडी जगाती मात्र के पुगेको थियो, एउटा ट्राफिक प्रहरी आएर भक्तपुरको भित्री बाटो जान निर्देशन दिँदै- "यता बाट त बाटो बन्द छ । माओवादीको तीन घण्टाको बन्द छ रे !" एक चोटि त झनक्क रिस उठ्यो । कती मात्र बन्द गर्न सक्दा रहेछन यिनीहरु भन्ने लाग्यो । बाटोको जामले मेरो टाउको खाइ राखेको थियो । मसँगै बनेपा देखी राजनीति, देश, गाउ गाउमा हुँदै गरेको बिकास आदी इत्यदी कुराहरु केलाउदै २ घण्टाको समय काटाउने मेसो मिलाएको मेरो साथी पनि लामो जामले गर्दा अल्छि लगेर उँघ्न थाले पछी त झन पट्यार लग्न पो थाल्यो । अनी सोच्न थाले फेरी यही मेरो सतीले सरापेको देशको बारे । सोच्दा सोच्दै मेरो दिमागमा एउटा निकै अचम्म लग्ने बिचारले मलाई घोत्लिन वाध्य बनायो ।
 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting