Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

उसको नाम नेपाल !!


मैले
एउटा
पागल
देखेँ
जीङ्ग्रिङ्ग
कपाल
धुले
मैले
अनुहार
अनी
ओठमा
झुन्डिएको
हाँसो
दुख
सुख
केको
ठम्याउनै
गाह्रो


खुट्टामा
धुलाम्य caterpillar
बुट
Levis को Original पाईन्ट
देब्रे
खुट्टामा
च्यातिएको
जिउ
ढाक्न Polo को
सर्ट
एउटा
बाहुला
च्यातिएको
हात
बाधिएको Titan को
घडिले

भूमिका प्रतिपक्षको


"तेरो कुरा म मान्दैमान्दिन ।

तैँले भनेको गर्दैगर्दिन ।

तैँले बोलेका सब कुरा फिर्ता लि ।

मैले भनेका सबै कुरा मान् ।

सक्दिनस् भने हामी गर्छौँ ।

हाम्रो लागि बाटो खोल्दे ।



खोलिनस् भने सडक तताउँछु ।

बाटो हिँड्ने बटुवाको टाउको फुटाउँछु ।

गाडिहरुको सिसा बाँकि राख्दिन,
मेरो जनता ल्याई बाटोमा सुताउँछु ।"


मैले सोधेँ एक नेतालाई

"के यहि हो भूमिका प्रतिपक्षको ?"


परिवर्तन हुन सकिन


परिवर्तन धेरै गर्न खोजेँ तिमिलाई,
माटोलाई ढुंगा बनाएँ
ढुंगालाई माटोमा गलाएँ
तर कहिलै बदलिन तिमि सकेनौ
तिमीलाई ठ्याकै मेल खाने
जस्तो म पनि बन्न सकिन ।


शहिद वाणी


पिँडामा सुख खोज्ने बानी परेको छ ।
हान्छस्कि ? तेरो कोर्रा सामु आङ्ग थाप्न तयार छु ।
मृत्युपर्यान्त पनि जीवन खोज्ने बानी परेको छ ।
लिन्छस्कि ज्यान ? तेरो पासोमा झुन्डिन तयार छु ।


छोड्दैन यी आँखा अब सपना बुन्नलाई,
समृध नेपालको परिकल्पना गर्नलाई,
मन मस्तिष्कमा हावी बनेको छ सप
ना ।
थुन्छस् कि ? तेरो अँध्यारो कालकोठरीमा छिर्न तयार छु ।

परिलक्षित


हे समाज ! हेर म तिर
छुटेका सब हात आज म समेट्न खोज्दैछु ।
दुख लिन हिचकिचउने समाजलाई सु:ख बाँड्न खोज्दैछु ।
हिड्न लर्खरउने यो पाऊ, अघि लम्काउन खोज्दैछु ।
बोल्न नजान्ने यि जिब्रोमा गीत मधुर ल्याउदैछु ।
श्रब्यबिहिन यि कर्णहरुले तिम्रा दुख सुन्न खोज्दैछु ।
दृष्यबिहिन यि नयनले संसारलाई ज्योति दिन खोज्दैछु ।
तिम्रो हेय भित्र बाँचेर ए समाज, हेर ! आज म परिलक्षित हुदैछु ।

हाम्रो जिन्दगी के जिन्दगी उनिहरुको जिन्दगी पो जिन्दगी ।

हाम्रो जिन्दगी के जिन्दगी  
उनिहरुको जिन्दगी पो जिन्दगी । 
एकछाकको लागि नङ घोट्नु पर्ने । 
दुई डोका गिट्टी कुटेको भरमा पेट पाल्नु पर्ने ।

हाम्रा लागि कती अर्थ छ जिन्दगी को । 
तर कसैका लागि अर्थहिन भएको छ जिन्दगी । 
अँग्रेजी स्कुल पनि जान मन नलाग्ने, हामी 
बर्हखरी नजानी नै बित्ने, उनिहरुको जिन्दगी । 

कती एेस छ हामीलाई, जिन्दगी । 
तर ओखती छैन, पीडित कसैको जिन्दगी ।  
नबुझ्ने हाम्रो चित्त, पाउदा पनि नाना भाँती 
बुझाउनु परेको उनिहरुले मन, एक सरो लपेटो फटाई । 

आसुको त ठाउँ नै छैन, कती खुशी छ हाम्रो जिन्दगी ।
बर्षदा बर्षदा निखरेको आँखा, टुलु टुलु नियाल्ने उनिहरुको जिन्दगी । 
सपनाहरुले सजिएको अनी बिलासिताको चादर मा गुट्मुटिएको, हामी 
ठन्दी को याममा पनि आङ नछोपिने, निन्द्रा नपुग्ने कती कती ।  

हाम्रो जिन्दगी के जिन्दगी  
उनिहरुको जिन्दगी पो जिन्दगी । 
 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting