यात्रा- शेर्पाको लागि

कपालबाट तप्प तप्प चुहिएको पानी निधार, नाक, गाला हुँदै चिउँडो नपुग्दै पुछेर फाल्दै हामी त्यो रातको झरीमा रुझ्दै हिड्दै थियौँ । एकदिन अगाडि फूटबल खेल्दा घाइते भएको खुट्टा खोच्याउँदै भएपनी छिटो हिंड्नुपर्ने बाध्यता श्रीजना गरेको थियो समयले । मेरो खुट्टालाई दखल हुन्छ भन्दै बडो स्नेह साथ मेरो भारी झोला बोकी सँगै हिंडेको उत्तम भाईसँग (बायोटेक इन्जीनियरिंग, पहिलो बर्ष, के. यु. ) गफिँदै कारीब ७:२० बजे त्रिपुरेश्वर देखी बबरमहल, धुलिखेलको गाडी समात्नको लागि त्यो चिसो झरीमा भिज्दै हिड्दै थियौँ । दिउँसोको गर्मीले आँतिएको हामीलाई, रातमा हाम्रा पातला कपडाले शरीरको न्यानो बाचाउन हम्य परीरहेको थियो । जसो तसो बबरमहल पुगी बस कुर्न थाल्यौँ तर बस नभेटिएपछी कोटेश्वरमा पक्का पनि भेटिएला भन्ने हिसाबले हामी भक्तपुरको गाडी चाढ्यौँ, आफ्ना निथ्रुक्क भिजेको शरीर लिएर ।


त्यो दिन हामी पुष्कर शाहको शान्ती आरोहन २०१०को लागि थोरै भए पानी सहयोग जुटाउने भन्ने मनसाय सहित हाम्रो युनिभर्सिटीमा “शेर्पा- सगरमाथाका वास्तविक नायकहरु” भन्ने वृत्तचित्र प्रदर्शन गर्ने हाम्रो कार्यक्रमका लागि आवश्यक डि. भि. डि. र ब्यानर लिन काठमाडौं हुईकेका थियौं ।
 “शान्ति आरोहण २०१०” को कार्यालय त्रिपुरेश्वर पुग्दा पो थाहा भयो कि हामीले सोही वृत्तचित्रका निर्देशक श्री हरी थापालाई सम्पर्क गरी ति चिजहरु बुझ्नुपर्ने रहेछ भनेर । शान्ति आरोहणका लागि कार्यक्रमहरु तय गर्दा गर्दै साँझ पेरिसके पछी पो याद आयो आज जसरी भएपनी सबै चिज के. यु. लानुपर्ने भनेर । हतार हतार सुदिप दाई (“शान्ती आरोहण २०१०”को कम्युनिकेसन हेर्नुहुने व्यक्ती) को मोटरसाइकल मागेर निर्जला दिदी (शान्ती आरोहण २०१०का सचिब) र म बाहिर पारीरहेको पानीको वस्ता पनि नगरी हरी थापा जिको निर्देशन बमोजिम अनामनगर पुग्नका लागि काठमाडौंको ब्यस्त सडकमा गूड्न थालयौँ , चिसोले कठ्याङ्ग्रिदै। अनामनगर पुगेपछी पनि फेरी आर्को गल्ली समातेर हामीले हरिजीलाई भेट्यौ अनी समान बुझेर त्रिपुरेश्वर फर्केका थियौँ ।

गाडीले हामीलाई कोटेश्वर छोडेर आफ्नो दिशा लाग्यो। तर हामीले त्यहाँ कुनै पनी गाडी देखेनौँ । गाडी कुर्दै १५-२० मिनट बिताएपछी एउटा गाडी आयो जसले हामीलाई बनेपासम्म ल्याइ छोडिदियो ।फेरी त्यो चिसो रातमा बनेपा देखी २० मिनट हिड्दै आईपुग्यौँ हाम्रो होस्टलमा र ओछ्यानमा लमतन्न पारीहाल्यौँ आफ्नो शरीरलाई ।

भोलिपल्ट धमाधाम सबैले टिकेट फिर्ता ल्याउँदै मैले त बेच्नै सकिन यार भन्दा झनक्क रिस उठिरहेको थियो । हाम्रो यत्रो मेहेनत खेर त गएन कतै भन्ने चिन्ताले मनलाई आतंकित बनाईरहेको थियो । तर जब बिध्यार्थीहरुले टिकेट लिदै हल भित्रिन थाले तब अली श्वास आयो । हल लगभग ८० % भरिएको थियो । पुष्कर शाहको साहसिक यात्रामा सबैले ताली बाजाएर आफ्नो वहाँप्रतिको सम्मानलाई जाहेर गरे र शेर्पाहरुको मेहेनत अनी आँटलाई समर्पण गरिएको वृत्तचित्र सबैले निशब्द हेरीरहे । दुई दिन अगाडी तय भएको कार्यक्रममा यतिका धेरै भिड जम्मा गर्नु आँफैमा ठुलो चुनौती थियो । मानिस महत्वोकांक्षि हुन्छन । मलाई पनि हल पुरा नभरिदा नराम्रो लागेको थियो । तर जब दर्शकहरुको प्रतिकृयाहरु आउन थाले तब मात्र मैले आत्मसन्तुष्टीको झिनो प्रकाश देख्न थालेँ । ति २०% ले धेरै चिज छुटाएछन भन्ने लाग्यो ।

अन्तमा हाम्रो यो अभियानमा साथ दिने सम्पूर्णलाई सादर धन्यवाद ।

1 comments:

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment

If you have any comments, please do not hesitate

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting