राजनिति मान्छेको ।

   यो कथा एउटा यस्तो कथा हो जसलाई सुन्ने पढ्ने चाख सायद कमैमा हुनसक्छ । कसैका लागि यो एकदमै पुरानो पनि हुनसक्छ । झन त्यसमाथि मलाई कथाहरु न मज्जाले भन्न आउँछ न त लेख्न नै । यो मन्द बुद्धिको थोरबहुत कसरतलाई नियाली दिनुहुन्छ होला भन्ने आश बोकेर श्री गणेश गर्न चाहन्छु । आज्ञा हवस् ।



एकादेशमा एउटा ठूलो जंगल थियो ।

   हेत्तेरिका !! बच्चा बेला देखि सिकेको यो एकादेशले कहिले पिछा छाड्ने होला । मेरो यो कथामा यो एकादेशको केहि अर्थ छैन, अर्थ छ त केवल समयको ।  अझ ठूलो गल्ती त यो ठूलो शब्द चयन गर्नुमा भईसकेछ । भनेनी कथा लेख्न र भन्न आउँदैन भनेर । फेरी भनौ है त, सुरुदेखि ।
   एकासमयमा एउटा सानो जंगल थियो, जसको नाम थियो नेपाल । त्यहाँ थरि थरिका जिवजन्तुहरु बस्ने गर्थे । र सबै जिवजन्तुहरु एकआपसमा मिलेर बस्थे । सवै आआफ्नै संसारमा मधुमस्त थिए । त्यो जंगलमा एउटा सिंहको राज थियो । उ आफ्नो प्रजाप्रति पूर्ण निस्थावान थियो अनि प्रजाहरु पनि ऊसलाई सम्मान गर्ने गर्थे । त्यो राज्यमा सुबिधा कम थियो, तर पनि सबै खुसि थिए, सबै सन्तुस्ट थिए ।
एकदिन एउटा बाहिरी मान्छेको त्यो जंगलमा प्रवेश भयो । पशुहरुले उसलाई ससम्मान स्वीकार गरे । उसलाई बस्ने घर दियो, खानाको लागि उब्जाउ जमिन अनि के के हो के के । आफुहरुलाई भन्दा बढि सुबिधामा राख्ने हरकोशिसमा जुटे पशुहरु, घरमा आएको पाहूना मानेर । अझ आफुभन्दा विकसित मनुष्यलोकबाट आएको हुनाले उसलाई मनुष्यलोकको राजदुत भनी संज्ञा दिए ।
    तर मानिस अति महत्वकांक्षी परेछ । त्यसैले उसले निकै ठूलो षडयन्त्र रच्यो र पहिले राजा सिंहकहाँ गई जनताहरु भनेको राजाको खुट्टाको धुलो हो र राजाले कहिल्यै पनि जनतालाई टाउकोमा राख्नुहुन्न भनी जनता विरुद्ध भड्काउन थाल्यो । पछि एक झुन्ड पशुहरुलाई आफुभएको ठाउँमा डाक्यो र राजाले तिमीहरुको हकअधिकार हनन् गरिरहेको छ, सुखसुबिधा सबै आफुलेमात्र प्रयोग गरिरहेको छ त्यसैले तिमीहरुले एउटा संगठन बनाएर त्यसको प्रतिकार गर्नुपर्छ, म तिमीहरुको साथ छु भनी नेपाल पशु संघको स्थापना (नेप संघ) समेत गरिदियो । त्यसै गरि अर्को झुन्ड पशुहरुलाई राजा र नेपाल पशु संघका कार्यकर्ता मिलेर तिमीहरुलाई पाखा पार्न चाहिरहेको छ, अब तिमीहरु सतर्क हुनुपर्यो भनी उनीहरुको पनि एउटा संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र पशु युनियनको (अनेरास्वपयु) स्थापना गरिदियो । ततपश्चात सुरुभयो खेल त्यो परदेशीले रचेको । पशुन परे बुद्धि कम । त्यो मानिसको ईसारामा सबै नाच्दै गए । दाजुभाईको लडाइँमा सब होमिन थाले । साना साना कुरामा जंगल बन्द गर्न थाले । बच्चा देखि बुढा सबै त्यो तान्डवमा बराबरी सरिक हुन थाले । त्यसै बीच अनेरास्वपयु बाट एउटा झुन्ड छुट्टिएर अनेरास्वपयु (क्रान्तिकारी) बन्यो र लडाइँ झन् बढ्दै गयो, उग्र हुँदै गयो ।
   एकआपसमा लडदै जाँदा उनीहरुलाई त्यो मान्छेले जंगल सखाप पार्दै लगेको हेक्का नै भएन । त्यो मान्छे भने आफ्नो मनुष्यलोकको क्षेत्र विस्तार गर्न जंगलका रुखहरु काट्दै गयो । अझ त्यसमाथि पशुहरु उल्टै आफै आफ्नो वासस्थान सखाप पार्दै जान थाले । ढुङ्गा मुडाको बर्सात हुन थाले । अनेक बबन्डर मच्चिन थाल्यो । जंगलको चित्कार सुनिनसक्नु बढ्दै गयो । र एउटा यस्तो समय आयो जब सबै चित्कारहरु एकाएक शान्त भयो । शुन्य भयो सबै ।
दृश्य वरिपरिबाट जालिले घेरिएको चिडियाघर अनि बाँकि पशुहरुका कल्याङ्गकुलुङ्ग । अब त्यहाँ थोरै, ज्यादै थोरै जंगल बाँकि छ । त्यो मान्छेले भित्र्याएका थप मान्छेहरु बाँकि जनावरहरुलाई हेर्दै हाँस्दै मज्जा लिँदै छ । पाटिमा लेखिएको छ सदर चिडिँया घर ।
इतिश्री ।

2 comments:

Lok Bahadur Thapa said...

nice story..

Abhishek said...

Thank you..

Post a Comment

If you have any comments, please do not hesitate

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting