परिवेश :- पत्रकारिता !




मिडिया इथिक्स इन एशिया पुस्तकका सम्पादक वैकट एैयरले आफ्नो एउटा लेख यसरी सुरु गरेका थिए शहिद हुन आँट वा एक्लो उल्लु सावित हुने जोखिम वहन गर्न सक्ने हादुरले मात्र पत्रकारका बारेमा कलम चलाउन सक्छ सायद उँहाको यो कथन सत्य होला तर पनि आज यो हात पत्रकार अहिलेको परिवेशमा आफना हाँगा फिजाइरहेका संचार माध्यममाथि केहि लेख्न भनी उठाएको छु, संयोगबस कसैको व्यक्तिगत जीवनमा असर पर्न गएमा पहिले नै याचना गर्न चाहन्छु
कुरो सुरु गरौं आर. आर. क्याम्पसमा भएको एउटा विरोध कार्यक्रमबाट एक मिनेट अगाडि क्यम्पसको ढोका छिर्दासम्म दुई व्यक्ति एक आपसमा गफिरहेका देखेको थिएँ, तर एक्कासि आएको चर्का नाराहरुको आवाजले समोसा मुखमा हाल्न ठिक्क परिसकेको मेरो ध्यान एकाएक खिच्यो दौडदै क्यान्टि बाहिर जाँदा त्याँहा त्यस्तै १५-२० जना विद्यार्थी कालो रुमाल हल्लाउँदै जोड सँग नारा लगाउदै थिए, खै कता पो हो प्रधानाध्यापक कुटे रे के जाति हो विद्यार्थी संगठनले त्यस्तै १५-२० जना पत्रकार कोण कोण बाट तस्बिर लिँदै थिए भोलिपल्ट आफनो कलेजको पुस्तकालयमा पत्रिका हेर्दा थाहा पाएँ, लगभग सबै पत्रिकामा ठूलाठूला फोटो सहितको हेडलाईन भईसकेछ त्यो घटना
घटनाको झन्डै महिना पछि बालबालिकाको उत्थानको लागि सकृय रुपमा लागिरहेको हर्टबिट नामक संस्थाले बिभिन्न बिद्यालयका बिद्यार्थी सँग सहकार्य गरि ठाँउमा सन्देशमुलक सडक नाटक प्रस्तुत गर्यो राम्रो कार्यक्रम रहेको हुनाले यसको समाचार छापिने जगतले यस्ता समाजसेवामा लाग्न भनी अघि बढ्दै गरेका स्कुले युवाहरुको गाथा सुन्ने उनीहरुले प्रोत्सान पाउनेमा विश्वस्त थिए भोलिको सबै छापा खोतलेर हेर्दा पनि त्यो कार्यक्रमको एउटा खबर पाइएन अनि यस्तै रहेछ नेपालको संचार भनी चित्त बुझाउ बाहेकको बिकल्प देखिन

Souls





वाह !! नेताहरु -देश दाउमा राखेर राजनीति

  दाङमा कती घर जले । कती हाम्रा नेपाली साथीहरु बिस्थापित भए । कती हाम्रा चेलीहरु बलात्कृत भए । बेलुक सम्मका नेपाली जमिन बिहान् सबेरै भरत हिंडे । झापाको जङे पिल्लरको खुट्टा उम्रेर अहिले भरत पसिसक्यो । सुस्ताको जनतलाई त भारतीय ज्यादाती सामान्य लाग्न थालिसक्यो । सबैतिरबाट साँघुरिदै छ नेपाल, तर हामीलाई के हैन त ?? खान पाइएकै छ, लाउन पाइएकै छ । आफुले खान पाए, लगाउन पाए त पुगिहाल्यो नि !! किन चाहियो देश, अनी स्वाभिमान !!
  नेपाली नेताहरुको त के कुरा गर्नु । जती बखान गरे पनि सकिन्न, भारत कै पालणपोशण जो हुन । हाछियु आए भारत, घाऊ लागे नि भारत । झन अहिले दाङमा हजारौं रोईरहेको बेला यहाँ सयपचासको घटिया राजनीतिले तिनिहरुको चित्कार कानमा पस्न पाएको छैन । हरेक जिल्लालाई एउटा मन्त्री हुन आटीसक्यो, अझ चित्त बुझेको छैन यिनिहरुको । यती सानो देश छ तर अनेक बिनाबिभग । गर्ने के हुन तिनिहरुले ?? प्यारी नेत्री अनी भारतीय राजदुताबासको त लोलिबोली नै एउटै छ । कोही चै सरकारमा हुँदा केही नगर्ने अनी अहिले घाटी फटाइराखेको छ । अरुको हजारौ मार्दा केही नहुने अनी आफ्नो चैँ एउटा त्यो पनि आँफै मर्दा सयौँको टाउको फुटाउने !! के यही हो नेताको दयित्व ?? आफ्नो नेत्रित्वको लागी हामीले चुनेको यि नेताहरुले कता लाग्दै छ हामीलाई अनी देशलाई, थाहा छ ?? वाह !! नेताहरु गजब छ तिमीहरुको खेल । वाह !! नेताहरु आफ्नै आमा बेच्ने लाछिहरु । देश अब केही बर्षमा काठमाडौंमा आइपुग्छ त्यही पनि यिनिहरुको सत्ताको भिडन्त जारी नै हुनेछ ।
  हेर् ! नेपाली जनता हेर् !! आफ्नै आँखा अगाडि आफ्नो आमाको अस्मिता लुटिएको हेर् । त्यो भन्दा बढी केही गर्नै सक्दैनौ तिमीहरु । लाछीहरु !! त्यही नेताहरुको झगडामा खुचिङ गर्ने र ताली पड्काउन बाहेक केही गर्न साक्दैनौ तिमीहरु । आफ्ना पुर्खाको कुरा गर्द छाती फुलाउन बाहेक केही गर्न सक्छौ ?? के नयाँ नेपाली ईतिहासको रचाना गर्न सक्छौ ?? धेरै हैन एक आवाज भए पुग्छ, देश को लागि अनी हाम्रा दाङ, झापा, अनी सुस्ताको साथीहरुको लागि । एउटा हात मात्रा उठे पुग्छ हाम्रो स्वाभिमान बचाउनको लागि । हाम्रो अस्तित्व बचाउनको लागि ।

हाम्रो जिन्दगी के जिन्दगी उनिहरुको जिन्दगी पो जिन्दगी ।

हाम्रो जिन्दगी के जिन्दगी  
उनिहरुको जिन्दगी पो जिन्दगी । 
एकछाकको लागि नङ घोट्नु पर्ने । 
दुई डोका गिट्टी कुटेको भरमा पेट पाल्नु पर्ने ।

हाम्रा लागि कती अर्थ छ जिन्दगी को । 
तर कसैका लागि अर्थहिन भएको छ जिन्दगी । 
अँग्रेजी स्कुल पनि जान मन नलाग्ने, हामी 
बर्हखरी नजानी नै बित्ने, उनिहरुको जिन्दगी । 

कती एेस छ हामीलाई, जिन्दगी । 
तर ओखती छैन, पीडित कसैको जिन्दगी ।  
नबुझ्ने हाम्रो चित्त, पाउदा पनि नाना भाँती 
बुझाउनु परेको उनिहरुले मन, एक सरो लपेटो फटाई । 

आसुको त ठाउँ नै छैन, कती खुशी छ हाम्रो जिन्दगी ।
बर्षदा बर्षदा निखरेको आँखा, टुलु टुलु नियाल्ने उनिहरुको जिन्दगी । 
सपनाहरुले सजिएको अनी बिलासिताको चादर मा गुट्मुटिएको, हामी 
ठन्दी को याममा पनि आङ नछोपिने, निन्द्रा नपुग्ने कती कती ।  

हाम्रो जिन्दगी के जिन्दगी  
उनिहरुको जिन्दगी पो जिन्दगी । 
 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting