परिवेश :- पत्रकारिता !




मिडिया इथिक्स इन एशिया पुस्तकका सम्पादक वैकट एैयरले आफ्नो एउटा लेख यसरी सुरु गरेका थिए शहिद हुन आँट वा एक्लो उल्लु सावित हुने जोखिम वहन गर्न सक्ने हादुरले मात्र पत्रकारका बारेमा कलम चलाउन सक्छ सायद उँहाको यो कथन सत्य होला तर पनि आज यो हात पत्रकार अहिलेको परिवेशमा आफना हाँगा फिजाइरहेका संचार माध्यममाथि केहि लेख्न भनी उठाएको छु, संयोगबस कसैको व्यक्तिगत जीवनमा असर पर्न गएमा पहिले नै याचना गर्न चाहन्छु
कुरो सुरु गरौं आर. आर. क्याम्पसमा भएको एउटा विरोध कार्यक्रमबाट एक मिनेट अगाडि क्यम्पसको ढोका छिर्दासम्म दुई व्यक्ति एक आपसमा गफिरहेका देखेको थिएँ, तर एक्कासि आएको चर्का नाराहरुको आवाजले समोसा मुखमा हाल्न ठिक्क परिसकेको मेरो ध्यान एकाएक खिच्यो दौडदै क्यान्टि बाहिर जाँदा त्याँहा त्यस्तै १५-२० जना विद्यार्थी कालो रुमाल हल्लाउँदै जोड सँग नारा लगाउदै थिए, खै कता पो हो प्रधानाध्यापक कुटे रे के जाति हो विद्यार्थी संगठनले त्यस्तै १५-२० जना पत्रकार कोण कोण बाट तस्बिर लिँदै थिए भोलिपल्ट आफनो कलेजको पुस्तकालयमा पत्रिका हेर्दा थाहा पाएँ, लगभग सबै पत्रिकामा ठूलाठूला फोटो सहितको हेडलाईन भईसकेछ त्यो घटना
घटनाको झन्डै महिना पछि बालबालिकाको उत्थानको लागि सकृय रुपमा लागिरहेको हर्टबिट नामक संस्थाले बिभिन्न बिद्यालयका बिद्यार्थी सँग सहकार्य गरि ठाँउमा सन्देशमुलक सडक नाटक प्रस्तुत गर्यो राम्रो कार्यक्रम रहेको हुनाले यसको समाचार छापिने जगतले यस्ता समाजसेवामा लाग्न भनी अघि बढ्दै गरेका स्कुले युवाहरुको गाथा सुन्ने उनीहरुले प्रोत्सान पाउनेमा विश्वस्त थिए भोलिको सबै छापा खोतलेर हेर्दा पनि त्यो कार्यक्रमको एउटा खबर पाइएन अनि यस्तै रहेछ नेपालको संचार भनी चित्त बुझाउ बाहेकको बिकल्प देखिन
त्यो
संचारमाध्यमको व्यवसायिकीकरण बढ्दो प्रतिस्पर्धाका कारण आजकल संचारमाध्यम बीच कसको समाचार बिकाउने भन्ने होडबाजी चलिरहेको बेला, पत्रकारहरुले समाजप्रतिको आफ्नो दायित्व बिर्सेर आफ्ना कलम समाजलाई कुदिशा तिर इंगित गर्ने हतियारको रुपमा प्रयोग गर्दै छैनन् कतै ? तातो समाचार पोख्ने घम्साघम्सीमा किन राजनीतिक घटना क्रमलाईमात्र विषेशगरी बन्द तथा हड्ताललाई मात्र प्राथमिकता दिइन्छ ? किन सामाजिक कार्यहरुको चर्चा हुदैन अहिलेको संचारमा ? प्रश्न अनेक उब्जन्छन्
UN, UMN जस्ता अन्तराष्ट्रिय संस्था अनि बिभिन्न राजनीतिक पार्टिका भोजभतेरले ओगटेको समाचारबाट जनताले कुनै सन्देश पाउन सक्दैन कसको भोजमा को आएन भनी खोज्दै हिड्नको साटो, एउटा पत्रकारले त्यो समयलाई देशको कुना कन्दराको समस्या खोज्दै हिड्न प्रयोग गरे कति असल हुने थियो बन्द हड्तालको चित्रहरुलाई समर्पित पृष्ठको एक चौथाई मात्र पनि समाजमा भईरहेको सुधारमाथि समर्पण गरे ती कार्यहरुमा आफ्ना रगतपसिना बगाई रहेका समाजप्रेमीमा कति उल्लास छाउने थियो कति प्रोत्साहन पुग्नेथियो उनिहरुलाई
मान्छु पत्रकारिता केहि हद सम्म व्यवसायिक हुनुपर्छ पत्रकारहरुले पनि आफ्नो जहान परिवार पाल्नुपर्यो गाँस बास अनि कपासको चाँजोपाँजो मिलाउनुपर्यो तर यो व्यवसायिकता पत्रकारिता माथि हावि भए यो जगत नै भ्रष्ट हुन्छ भन्ने कुराको पनि हेक्का राख्नुपर्यो नि ! सँग सँगै एउटा पत्रकार भएको नाताले समाज प्रति आफ्नो औधि संवेदनशील दायित्व भनेर मनमा पनि राख्नुपर्यो नि !
तर अँह समाजको चिन्ता नै कसलाई !! नेताहरुको धुन उहि भ्रमण, भोजभतेर अनि आरोपप्रत्यारोपमा, पत्रपत्रिकाको धुन उनिहरुका विचरण, रासन अनि बकुम्फुसे भाषणको समाचारले पृष्ठ भर्नतिर, अनि जनता चाँहि सुझो बुझो नेताहरुको ताल बेतालका भाषणमाथि चिया पसलमा बसेर बहस गर्दै रडाको झिक्यो, ताल परे बन्द हड्तालको लागि तम्सियो
अब हामी सबैले सोँच्नुपर्ने बेला आएको अहिलेको यस्तो पत्रकारिताको छनक फेर्नुपर्ने घडि आएको तपाईहरु (पत्रकारहरु) पनि सोँच्नुस्, केहि प्रश्न आफैलाई सोध्नुस् :-के देश अनि समाजको लागि लेख्दै छु ? के पत्रकारिता मेरो व्यवसाय मात्र हो ? के समाजलाई सुसुचित गराउने अनि विकासलाई प्रोत्साहित गर्ने मेरो कर्तव्य हैन ?’ सोच्नुस् !!

2 comments:

Sack said...

Nice article
visit
Online Earning
to learn and earn more money.

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment

If you have any comments, please do not hesitate

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting