भूमिका प्रतिपक्षको


"तेरो कुरा म मान्दैमान्दिन ।

तैँले भनेको गर्दैगर्दिन ।

तैँले बोलेका सब कुरा फिर्ता लि ।

मैले भनेका सबै कुरा मान् ।

सक्दिनस् भने हामी गर्छौँ ।

हाम्रो लागि बाटो खोल्दे ।



खोलिनस् भने सडक तताउँछु ।

बाटो हिँड्ने बटुवाको टाउको फुटाउँछु ।

गाडिहरुको सिसा बाँकि राख्दिन,
मेरो जनता ल्याई बाटोमा सुताउँछु ।"


मैले सोधेँ एक नेतालाई

"के यहि हो भूमिका प्रतिपक्षको ?"



नेताले भन्यो उत्तरमा– "सरकारले काम गरेन ।"
मैले सोधेँ – "गल्ती कसको ?"
नेताले भन्यो – "संविधान बनेन ।"
मैले भने – "संविधानको जिम्मा सरकार मात्रको होइन ।"
मैले सोधेँ– "त्यसमाथि बन्न कसले दिएन ?"


नेताले भन्यो – "हार्नेको सरकार भयो ।

विदेशीको दलाल भयो ।

विकासको काम गर्दै गरेन ।

देशको ढुकुटि भ्रमण मात्रमा स्वाहा भयो ।"


मैले भने – "ल ठिक छ, कुरा नघुमाउँ ।

भन्नुस् न त भूमिका के प्रतिपक्षको ?"


नेताले भन्यो – "सरकार बेकम्मा भयो ।

सबै मन्त्री रीबीन काट्न मात्र जम्मा भयो ।

करोडौँको त गाडि मात्र चढ्न थाले ।

गाडि पठाएन भन्दै कर्मचारी कुट्न थाले ।"


मैले भने – "एकछिन एकछिन कुरो मिलेन ।"
नेता रोकिएन, भन्न थाल्यो – "सरकारको यो चाला भएन ।

सुधार्न प¥यो यो चाला ।

हाम्रो कुरालाई पनि ध्यान दिनुप¥यो ।

काममा लचकता अपनाउन प¥यो ।

जनताको मर्मलाई बुझ्नुप¥यो ।

मिलेर संविधान बनाउनुप¥यो ।"


"हो बस" मैले टेबल ठोक्दै भने

"यहि हो भुमिका प्रतिपक्षको ।"

2 comments:

Sack said...

Nice article
visit
Online Earning
to learn and earn more money.

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment

If you have any comments, please do not hesitate

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting