काठमाडौँ विश्वविद्यालयमा स्रष्टा भेटघाट कार्यक्रम


17/03/2067 B.S.- नेपाली रंगमंचका महान हस्तिहरु, अग्नीका कथा लगायत थुप्रै नाटकका लेखक प्रा. डा. अभि सुबेदी, गुरुकुलका निर्देशक श्री सुनील पोखरेल र बरिष्ठ कलाकार श्री निशा शर्मासँगको भलाकुसारीसँगै काठमाडौँ विश्वविद्यालयमा स्रष्टा भेटघाट कार्यक्रम सुसम्पन्न भयो । प्रा. डा. जंगब चौहानको स्वागत मन्तव्यबाट सुभारम्भ भएको उक्त कार्यक्रम प्रमुखरुपमा 'अग्निका कथा' नाटकको बारेमा चर्चापरिचर्चा गर्ने उद्देश्य साथ संचालन गरिएको थियो ।
काठमाडौं विश्वविद्यालयको सुरुवात हाँडिगाउँबाट भएको र यसको सुरुवातको सदस्य आफु पनि रहेको बताउदै, प्रा. डा. अभि सुबेदीले 'अग्निका कथा' नाटकको लेखन पक्षमाथि प्रकाश पार्नुभयो । यो नाटक महाकाब्यिक भएको र निर्देशक सुनील पोखरेलसँगको सल्लाह सँगसँगै लेखिएको हुनाले यो मञ्चिय भएको जानकारी दिनुभयो । साथसाथै उहाँले यो नाटकको बिभिन्न स्थानमा मञ्चनहुँदाका रमाईला प्रसगंहरुको पनि चर्चा गर्नुभयो ।

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting