काठमाडौँ विश्वविद्यालयमा स्रष्टा भेटघाट कार्यक्रम


17/03/2067 B.S.- नेपाली रंगमंचका महान हस्तिहरु, अग्नीका कथा लगायत थुप्रै नाटकका लेखक प्रा. डा. अभि सुबेदी, गुरुकुलका निर्देशक श्री सुनील पोखरेल र बरिष्ठ कलाकार श्री निशा शर्मासँगको भलाकुसारीसँगै काठमाडौँ विश्वविद्यालयमा स्रष्टा भेटघाट कार्यक्रम सुसम्पन्न भयो । प्रा. डा. जंगब चौहानको स्वागत मन्तव्यबाट सुभारम्भ भएको उक्त कार्यक्रम प्रमुखरुपमा 'अग्निका कथा' नाटकको बारेमा चर्चापरिचर्चा गर्ने उद्देश्य साथ संचालन गरिएको थियो ।
काठमाडौं विश्वविद्यालयको सुरुवात हाँडिगाउँबाट भएको र यसको सुरुवातको सदस्य आफु पनि रहेको बताउदै, प्रा. डा. अभि सुबेदीले 'अग्निका कथा' नाटकको लेखन पक्षमाथि प्रकाश पार्नुभयो । यो नाटक महाकाब्यिक भएको र निर्देशक सुनील पोखरेलसँगको सल्लाह सँगसँगै लेखिएको हुनाले यो मञ्चिय भएको जानकारी दिनुभयो । साथसाथै उहाँले यो नाटकको बिभिन्न स्थानमा मञ्चनहुँदाका रमाईला प्रसगंहरुको पनि चर्चा गर्नुभयो ।

अग्निका कथा नाटकका निर्देशक श्री सुनिल पोखरेलले यसको निर्देशन पक्षमाथि आफ्नो मन्तव्य राख्नुभयो । यस नाटकमा गुम्वाहरुको दृश्य रहेको हुनाले विभिन्न गुम्वा गई त्यहाँको परिवेशको अवलोकन गरेको कुरा देखि गुरुकुलमा नै भिक्षुलाई नै ल्याएर कलाकारहरुलाई नृत्य सिकाईएको र देश विदेशमा उक्त नाटक मञ्चनगर्दाको कठिनाई माथि प्रकाश पार्नुभयो ।
यस नाटकका कलाकार निशा शर्माले यस नाटकमा आफ्नो भुमिका र त्यस भुमिका गर्दाको कठिनाई आदि माथि चर्चा गर्नुभयो । र अन्तमा दर्शकसँगको अन्तरक्रिया पश्चात कार्यक्रमको विधिवत अन्त भएको थियो । 

1 comments:

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment

If you have any comments, please do not hesitate

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting