मौनता


लामो पुल पार गर्दै गाडि दोलाघाट बसपार्कमा रोकियो म यात्रा गरिरहेको बस । यसै पनि गर्मि ठाउँ झन अहिले बढेको यो ताप, बस भित्र बस्न नि निकै कष्ट गर्नुपर्ने । यता उता नजर डुलाउँदै गर्दा मेरो नजर एउटा मधेसी मुलका मानिस माथि पर्यो । "भइया ५ रुपियाको चनाचटपट दिनु त......., कति कम त जम्मा यति मात्र...................."- यस्तै यस्तै कुरा सुनेर नै आधि भन्दा बढि जीवन बिताएका उनको जीवनमा, मौनता प्रष्ट देख्न सकिन्थ्यो । चनाचटपट बेचेर नै आफ्नो एक कालको गुजारा चलाएका उनका कपाल फुलेर सेतै भइसकेको अनि गालालाई सानो पार्दै लगेको चाउरीपनाका अनगिन्ति रेसाहरु देख्न सकिन्थ्यो । खै किन हो कुन्नि उनि आफै सँग केहि बोलिरहेका हुन्थे तर आवाज सुन्न सकिन्नथियो । उनको काँप्दै गरेको गाला, बेला बेलामा चल्दै गरेका आँखिभौँ अनि ओठले उनि आफै सँग केहि भलाकुसारी गरिरहे झैँ लाग्थ्यो । अनि उनका अनुहारमा आफ्नो बसाँई बनाएको फुस्रो चमकले उनको त्यो कठिन जीवन प्रति मलाई निकै दया लागेर आयो । उनको अनुहारमा देखापरेका अनेक भावनाहरुले उनि कति एक्लो रहेको भनि अनि हाम्रो समाज प्रतिको निरासालाई झल्काइरहेको थियो । सायद यो समाजले नै उनलाई मौनता तर्फ ढकेलेको हुनुपर्छ । पहाडि भेगतिर निकै हेयमा बाँच्नु पर्ने अवस्था रहेको मधेसी मुलका मानिस उनले हरेक हेलालाई सहने बानी बनाईसकेका छन् । हरेक अवस्थामा एउटै अस्त्रले उनलाई जीवन प्रति डटिरहने आँट प्रदान गर्दै आएको छ । यो समाजसँग जुधिरहने साहस दिएको छ । उनको एउटै अस्त्र मौनता । उनको नजिक एउटा बाख्रा केहि खाने बस्तु खोज्दै आयो अनि उनले आफ्नो टेबुल पसलको एउटा कुना बाट आफुलाई काम नलाग्ने आलुका बोक्राहरु, काँक्रोका टुक्राहरु निकालेर त्यो भोकाएको जन्तुतिर हँुइक्यायो । बाख्राले मौनता भंग नगरी खाइरह्यो । अनि त्यो जन्तुको खानाप्रतिको भोकलाई, आफ्नो समाजबाट अपेक्षा गरिएको माया अनि आत्मसम्मानको भोकलाई तौलँदै फेरी होमियो उनी आफैसँगको मौन भलाकुसारीमा । मेरो गाडि पनि त्यसपछि हिड्न थाल्यो आफ्नो गन्तव्य तर्फ, गीत बजाउँदै । संयोगबस गीत थियो ओम बिक्रम बिष्टको म मौनतामा अल्झिरहेको एउटा जीवन हुँ ।

2 comments:

Sack said...

Nice article
visit
Online Earning
to learn and earn more money.

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment

If you have any comments, please do not hesitate

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting