कपालबाट तप्प तप्प चुहिएको पानी निधार, नाक, गाला हुँदै चिउँडो नपुग्दै पुछेर फाल्दै हामी त्यो रातको झरीमा रुझ्दै हिड्दै थियौँ । एकदिन अगाडि फूटबल खेल्दा घाइते भएको खुट्टा खोच्याउँदै भएपनी छिटो हिंड्नुपर्ने बाध्यता श्रीजना गरेको थियो समयले । मेरो खुट्टालाई दखल हुन्छ भन्दै बडो स्नेह साथ मेरो भारी झोला बोकी सँगै हिंडेको उत्तम भाईसँग (बायोटेक इन्जीनियरिंग, पहिलो बर्ष, के. यु. ) गफिँदै कारीब ७:२० बजे त्रिपुरेश्वर देखी बबरमहल, धुलिखेलको गाडी समात्नको लागि त्यो चिसो झरीमा भिज्दै हिड्दै थियौँ । दिउँसोको गर्मीले आँतिएको हामीलाई, रातमा हाम्रा पातला कपडाले शरीरको न्यानो बाचाउन हम्य परीरहेको थियो । जसो तसो बबरमहल पुगी बस कुर्न थाल्यौँ तर बस नभेटिएपछी कोटेश्वरमा पक्का पनि भेटिएला भन्ने हिसाबले हामी भक्तपुरको गाडी चाढ्यौँ, आफ्ना निथ्रुक्क भिजेको शरीर लिएर ।
त्यो दिन हामी पुष्कर शाहको शान्ती आरोहन २०१०को लागि थोरै भए पानी सहयोग जुटाउने भन्ने मनसाय सहित हाम्रो युनिभर्सिटीमा “शेर्पा- सगरमाथाका वास्तविक नायकहरु” भन्ने वृत्तचित्र प्रदर्शन गर्ने हाम्रो कार्यक्रमका लागि आवश्यक डि. भि. डि. र ब्यानर लिन काठमाडौं हुईकेका थियौं ।