परिवेश :- पत्रकारिता !




मिडिया इथिक्स इन एशिया पुस्तकका सम्पादक वैकट एैयरले आफ्नो एउटा लेख यसरी सुरु गरेका थिए शहिद हुन आँट वा एक्लो उल्लु सावित हुने जोखिम वहन गर्न सक्ने हादुरले मात्र पत्रकारका बारेमा कलम चलाउन सक्छ सायद उँहाको यो कथन सत्य होला तर पनि आज यो हात पत्रकार अहिलेको परिवेशमा आफना हाँगा फिजाइरहेका संचार माध्यममाथि केहि लेख्न भनी उठाएको छु, संयोगबस कसैको व्यक्तिगत जीवनमा असर पर्न गएमा पहिले नै याचना गर्न चाहन्छु
कुरो सुरु गरौं आर. आर. क्याम्पसमा भएको एउटा विरोध कार्यक्रमबाट एक मिनेट अगाडि क्यम्पसको ढोका छिर्दासम्म दुई व्यक्ति एक आपसमा गफिरहेका देखेको थिएँ, तर एक्कासि आएको चर्का नाराहरुको आवाजले समोसा मुखमा हाल्न ठिक्क परिसकेको मेरो ध्यान एकाएक खिच्यो दौडदै क्यान्टि बाहिर जाँदा त्याँहा त्यस्तै १५-२० जना विद्यार्थी कालो रुमाल हल्लाउँदै जोड सँग नारा लगाउदै थिए, खै कता पो हो प्रधानाध्यापक कुटे रे के जाति हो विद्यार्थी संगठनले त्यस्तै १५-२० जना पत्रकार कोण कोण बाट तस्बिर लिँदै थिए भोलिपल्ट आफनो कलेजको पुस्तकालयमा पत्रिका हेर्दा थाहा पाएँ, लगभग सबै पत्रिकामा ठूलाठूला फोटो सहितको हेडलाईन भईसकेछ त्यो घटना
घटनाको झन्डै महिना पछि बालबालिकाको उत्थानको लागि सकृय रुपमा लागिरहेको हर्टबिट नामक संस्थाले बिभिन्न बिद्यालयका बिद्यार्थी सँग सहकार्य गरि ठाँउमा सन्देशमुलक सडक नाटक प्रस्तुत गर्यो राम्रो कार्यक्रम रहेको हुनाले यसको समाचार छापिने जगतले यस्ता समाजसेवामा लाग्न भनी अघि बढ्दै गरेका स्कुले युवाहरुको गाथा सुन्ने उनीहरुले प्रोत्सान पाउनेमा विश्वस्त थिए भोलिको सबै छापा खोतलेर हेर्दा पनि त्यो कार्यक्रमको एउटा खबर पाइएन अनि यस्तै रहेछ नेपालको संचार भनी चित्त बुझाउ बाहेकको बिकल्प देखिन
 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Web Hosting